+
+

‘ठेक्काको म्याद थप्नुपर्दा पूँजीगत खर्च बढेन’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १६:४९

२९ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यविधि बन्ने लगायत समस्या भएर ठेक्काको म्याद थप गर्नुपर्ने जस्ता कारण पूँजीगत खर्च नबढेको बताएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उनले अब ती समस्या समाधान हुँदै गएकोले पूँजीगत खर्च बढ्ने दाबी गरे ।

व्यापार प्रणालीमा परिवर्तन हुँदा पनि राजस्व प्रभावित भएको उनले बताए । चालु आर्थिक वर्ष ६ महिनामा राजस्व लक्ष्यमा ७७.१४ प्रतिशत उठेको उनले बताए । आउने दिनमा सुधार गर्न सकिन्छ भन्ने लागेको उनको तर्क छ ।

विद्युतीय गाडी (ईभी) प्रमोसन गरेको र सोही क्षेत्रमा माग बढेकाले भन्सार आयातको ठूलो हिस्सा इन्धनमा आधारित गाडीबाट हुने गरेकोमा इभी आयात बढ्दा राजस्व बढ्न नसकेको उनले बताए ।

‘व्यापारको प्रवृत्ति परिवर्तन भएको छ । अब डिजिटल माध्यममा व्यापार हुन थालेको छ,’ उनले भने, ‘त्यसलाई कर प्रणालीले क्याप्चर गर्न सकेको छैन । उच्च स्तरीय राजस्व अध्ययन कार्यादल बनेको छ । त्यसले केही समयमा सुधारको प्रतिवेदन दिन्छ । आगामी बजेटमा त्यो कार्यान्वयन हुन्छ ।’

उक्त प्रतिवेदनले व्यापारको स्वरूप परिवर्तनबाट राजस्वमा परेको प्रभाव कम गर्ने उनले बताए । भारतमा मदिरा उत्पादनमा ‘लिबरलाइज’ गरेको र नेपालले कर बढी लगाउँदा अहिले समस्या आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?