
१ फागुन, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘टुरिज्म हिरो अवार्ड्स-२०२४’ हुने भएको छ ।
ग्लोबल टुरिज्म प्रमोसन काउन्सिलले नेपालमा पहिलो पटक यस्तो अवार्ड आयोजना गर्न लागेको जनाएको छ ।
१९ मार्चका दिन काठमाडौंमा आयोजना हुने कार्यक्रममा अवार्ड विजेतालाई ट्रफी हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा काउन्सिल अध्यक्ष धर्मेन्द्र सापकोटाले होटलतर्फ १४ र पर्यटनतर्फ १७ विधा गरी कुल ३१ विधामा अवार्ड दिने तयारी रहेको जानकारी दिए ।
उनका अनुसार ५ सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको अवार्डको नोमिनेस समेत भएको छ । निर्णायक र भोटका माध्यमबाट विजेता घोषणा गरी अवार्ड दिइने छ ।
अवार्डमा सहभागीमध्ये कसैबाट पनि कुनै प्रकारको शुल्क नलिई प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
ट्राभल एजेन्सी, प्रविधि, व्यवस्थापक, स्टार्टअप, व्यक्तित्व, गैरआवासीय नेपाली, महिलासहित विधामा अवार्ड दिइने आयोजकको भनाइ छ ।
होटलतर्फ विभिन्न स्तरका होटेलबाट उत्कृष्ट, सेफ, क्यासिनोसहितका विधामा अवार्ड दिने तयारी छ ।
प्रतिक्रिया 4