+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘जिग्री’, ‘बब मार्ली’ र ‘मेडम वेभ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:३७

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । जसमा नेपाली भाषाको ‘जिग्री’ र हलिउडका दुई फिल्म ‘बब मार्ली : वान लभ’ तथा ‘मेडम वेभ’ रिलिज भएका हुन् ।

‘जिग्री’ सपना बोकेर काठमाडौं सहरमा आइपुगेका दुई अपरिचित साथीको कथा हो । जोसुकैलाई पनि चकित पार्न सक्छु भन्ने सोच्ने तीर्थले ऋण संकलन गरेर ठगी गर्ने रेशमलाई भेट्छ । उनीहरुले एक ब्रिफकेस फेला पार्छन्, त्यसपछि फिल्ममा रमाइलो, डर, हाँसो र पिछा सुरु हुन्छ । यो कामले उनीहरुलाई एक ठाउँमा ल्याउँछ र उनीहरु जिग्री बन्छन् ।

आकाश मगर निर्देशित यो कमेडी-एक्सन फिल्ममा अभय बराल, सुप्रिय राना र पशुपति राईसहित आकाश स्वयंको शीर्ष भूमिका छ ।

‘बब मार्ली : वान लभ’ विश्वचर्चित गायक तथा गीतकार बब मार्लीको बायोपिक फिल्म हो । मृत्युको ४० वर्षपछि पनि मार्लीका गीत अझै पनि लोकप्रिय छन् । यो फिल्मले मार्लीको जीवन, उनको सांगीतिक यात्राको चित्रण गर्छ ।

रेनाल्ड मार्कस ग्रीन निर्देशित यो फिल्ममा किंग्स्ले बेन, आदिर जेम्स र नोर्टन लसाना लिंचको शीर्ष भूमिका छ ।

अर्को हलिउड फिल्म ‘मेडम वेभ’ पनि हलमा रिलिज भएको छ । एसजे क्लार्कसन निर्देशित यो फिल्ममा डकोटा जोन्सन, सिड्नी स्वीनी, एम्मा रोबर्ट्स, एडम स्कट, इसाबेला मर्सिडको शीर्ष भूमिका छ ।

न्युयोर्कको एक प्यारामेडिक पात्र क्यासान्ड्रा वेभसामु तीन युवतीलाई जोगाउनुपर्ने बाध्यता आइपर्छ । एक रहस्यमय शक्तिले उनीहरुलाई मार्न चाहन्छ र यस्तोमा वेभले ती पात्रलाई जोगाउनुपर्ने कथावस्तु यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?