+
+
Shares

एमाले कैलालीको अधिवेशन आजदेखि, पदाधिकारीमा पहिले नै सहमति खोजिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते ७:२२
अध्यक्षका दाबेदार दुर्गा जोशी, डेजी पाण्डे र यज्ञराज ढुंगाना ।

६ फागुन, धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सोमबारसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सहमतिमै नेतृत्व चयन गरिने बताइरहेका छन् ।

सोही प्रयास अन्तरगत एमालेले कैलालीमा पहिलोपटक नयाँ अभ्यास गरेको छ । एमालेले अधिवेशन सुरु हुनुअगावै अध्यक्षसहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई इच्छापत्र पेस गर्न भनेको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले सोही दिन इच्छापत्र बुझाइसकेका छन् ।

अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितका तीन जनाले इच्छापत्र पेस गर्दा उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गरेका छन् ।

एमाले कैलालीले पदाधिकारीमा आकांक्षीहरुबीच सहमति खोज्न र नभए चुनाव गरेरै भए पनि छिटोछरितो अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि उद्घाटन पूर्व नै इच्छापत्र माग गरेको बताइरहेको छ ।

एमालेले ३ गते आकांक्षीबाट इच्छापत्र मागेर ४ र ५ गते उनीहरुबीच सहमति खोज्ने जनाएको छ तर अहिलेसम्म आकांक्षीकाबीचमा सहमती भइसकेको अवस्था छैन ।

अध्यक्षका लागि इच्छापत्र दर्ता गरेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाबीच सहमति हुन सकेको छैन भने अन्य पदाधिकारीमा पनि उस्तै छ ।

पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले पदाधिकारीमा इच्छापत्र पेस गरेका नेताहरुबीच सहमतिको प्रयास भइरहेको बताए तर अहिलेसम्म कुनै पदमा पनि सहमति नभएको ठगुन्ना बताउँछन् ।

‘अध्यक्षका लागि दाबी पेस गर्दै इच्छापत्र दिएका तीन जनासँग बसेर छलफल गरेका छौँ । उहाँहरु तीनै जनाकाबीचमा विभिन्न ढंगले कुराकानी भएको छ,’ ठगुन्नाले भने, ‘तर कुरा मिलिसकेको अवस्था छैन । हामी अन्य पदाधिकारीका आकांक्षीबीच पनि छलफल गरिरहेका छौं ।’

ठगुन्नाले आइतबार अधिवेशन उद्घाटनपछि समेत आकांक्षीबीच सहमतिका लागि प्रयास गरिने तर सहमति नहुने अवस्थामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने समेत बताएका छन् ।

नेताहरुकाअनुसार अध्यक्षमा पूर्वप्रदेश सचिवालय सदस्य ढुंगानाले समेत दाबी गरेको अवस्था भएका कारण सहमति हुने सम्भावना कम देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?