+
+

गोदावरीमा निर्माण प्रयोगशाला, सामग्री परीक्षण गरेर मात्रै काम सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १४:४७

६ फागुन, काठमाडौं । ललितपुर गोदावरी नगरपालिकाले बालुवा, सिमेन्ट, गिट्टी लगायत निर्माण सामग्री र निर्माण कार्य परीक्षण गर्न प्रयोगशाला स्थापना गरेको छ ।

बज्रबाराहीस्थित नगरपालिकाको कार्यालयमा राखिएको प्रयोगशालाको आइतबार नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन् । यो प्रयोगशालामा छिमेकी नगरपालिकाले समेत निर्माण सामग्री र निर्माण कार्यको गुणस्तर परीक्षण गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

गोदावरी नगरपालिकाभित्र हुने निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर यस प्रयोगशालामा परीक्षण गरिने नगर प्रमुख महर्जनले बताए ।

प्रयोगशालामा निर्माण कार्यको समेत परीक्षण हुने उनले जानकारी दिए । ‘गोदावरी नगरपालिकाभित्र हुने निर्माण अब झन् गुणस्तरीय हुन्छ, हाम्रा पूर्वाधार बलिया हुन्छन्,’ उनले भने ।

छिमेकी नगरपालिकाले समेत गोदावरीको प्रयोगशालामा निर्माण सामग्री र कार्य परीक्षण र गर्न सक्ने नगरप्रमुखले बताए । ‘छिमेकी पालिकाले समेत यहाँ निर्माण सामग्री परीक्षण तथा कार्य गराउन सक्नुहुन्छ,’ उनले भने ।

अन्य पालिकाले गोदावरी नगरको प्रयोगशालामा निर्माण सामग्री र निर्माण कार्य परीक्षण गराउँदा नगरको राजस्व वृद्धि हुने उनको भनाइ छ । ‘हाम्रो नगरमा भएको पूर्वाधार निर्माणमा अब कुनै खोट हुने छैन,’ उनले थपे ।

नगरपालिकाका अनुसार ३० लाखमा प्रयोगशाला निर्माण भएको हो भने २० लाखको आवश्यक परीक्षण सामग्री राखिएको छ । गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले छिमेकी पालिकाले समेत यहाँको पालिकामा रहेको प्रयोगशालामा निर्माण सामग्री र निर्माण कार्य परीक्षण गर्न सक्ने बताए ।

गोदावरी नगरपालिकाका इन्जिनियर मुकुन्द वस्तीले बालुवा, गिट्टी, ईंटा, सिमेन्ट परीक्षण प्रयोगशालामा हुने बताए । उनका अनुसार ढलान भएको सडक कोर कटिङ गरेर त्यसको परीक्षण, पिच भएका सडकको कोर कटिङ गरी मोटाइ ठिक भए नभएको परीक्षण, पिच र ढलान हुनुभन्दा अगाडि गरिने बेस र सबबेसको डेन्सिटी परीक्षण र ढलानको ह्याम्बर परीक्षण समेत प्रयोगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?