+
+

मिस वर्ल्ड दिल्लीमा सुरु, उद्घाटन समारोहमा प्रियंकाको आकर्षक प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:२५

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिता मंगलबारदेखि भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन समारोहमा ११७ मुलुकका प्रतिस्पर्धी सुन्दरीले आकर्षक पहिरनसहित परिचय दिए ।

सन् २०२२ का विजेताले यो संस्करणमा सहभागिता जनाइरहेका छन् । नेपालको प्रतिनिधित्व गर्दै प्रियंकारानी जोशीले उद्घाटन समारोहमा आफ्नो परिचय दिएकी थिइन् ।

गुन्यूचोलो र छड्के तिलहरि लगाएर नेपाली परम्परागत पोशाकमा सजिएकी प्रियंकाले आफ्नो परिचय दिंदै भनिन्, ‘हेलो, नमस्ते, जोजोलोपा । म प्रियंकारानी जोशी विश्वको ताज र सर्वोच्च शिखर सगरमाथाको भूमिबाट आएकी हुँ ।’

सबै प्रतिस्पर्धी सुन्दरीले आ-आफ्नो मुलुकको संस्कृति र वैभव झल्काउने पोशाक प्रस्तुत गरेका थिए । फेब्रुअरी १८ देखि मार्च ९ सम्म हुने यो मिस वर्ल्डको फिनाले चाहिं भारतको मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा हुनेछ ।

उद्घाटनपूर्व सबै प्रतिस्पर्धी सुन्दरीले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनीहरुले गान्धी राष्ट्रिय संग्रहालय पनि भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?