+
+

ईशनाथका वडाहरुमा लगाइएको कर्फ्यू साँझ ५ बजेदेखि हट्‍ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १४:३०

९ फागुन, काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले मंगलबारदेखि वडाहरूमा लगाएको कर्फ्यू साँझदेखि हटाउने भएको छ ।

स्थिति सामान्य भइसकेको भन्दै रौतहट प्रशासनले आज साँझ ५ बजेदेखि पूर्ण रुपमा कर्फ्‍यू हटाएको जनाएको हो ।

सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा कर्फ्यू लगाएको थियो । ती दुई वडाबाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नं. २, ३, ४ र ५ मा पनि आज दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको थियो ।

हेर्नुहोस् प्रशासनको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?