+
+

रेखा थापालाई पुत्रीलाभ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १६:१३

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् ।

उनले शिशुको तौल साढे चार किलो रहेको र व्यथा लाग्दा आफूलाई निकै गाह्रो भएको अनलाइनखबरलाई बताइन् । तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?