+
+
Shares

प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला नियन्त्रणमा

गौरव पोखरेल गौरव पोखरेल
२०८० फागुन १२ गते ०:०१

११ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु लिएर सिंह सम्पर्कविहीन भएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई गएराति नियन्त्रणमा लिएको हो ।

शिशु लैजानुको कारण भने प्रहरीले बताएको छैन । सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी गरेका थिए ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका थिए ।

यो पनि पढ्नुस्

प्रसूति गृहबाट शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी

मास्क लगाएकी महिलाले प्रसूति गृहबाट लगेकी थिइन् शिशु

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?