+
+

मनिषासँगै कार्यक्रममा सिड्नी जाने भनिएका पुरोहितको भिसा अस्वीकृतबारेको विवाद के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:२०

काठमाडौं । अष्ट्रेलियाले नेपाली कलाकारलाई भिसा प्रदान गर्न कडाइ गरिरहेको चर्चाबीच पछिल्लो साता नयाँ खबर आयो । अभिनेत्री मनिषा कोइरालासँग त्यहाँ जान लागेको भनिएका एक पुरोहितको भिसा अस्वीकृत भएको छ । यो खबर यतिबेला सार्वजनिक भयो जब भिसा अस्वीकृत भएपछि ती पण्डित मिडियासँगको सम्पर्कमा आए ।

सिड्नीको स्थानीय बरउड पार्कमा मार्च २४ मा आयोजना गरिएको ‘लेट्स प्ले होली’ कार्यक्रममा कोइरालासँगै फिल्म निर्देशकहरु दिनेश डिसी र सम्झना उप्रेती त्यता जाँदैछन् । सोही कार्यक्रमका लागि आवेदन दिएका पुरोहितको भिसा अस्वीकृत भएपछि यतिबेला अनेक चर्चा भइरहेको छ ।

चर्चा यतिबेला चुलियो जब ती पुरोहितले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नक्कली लेटरहेडको प्रयोग गरे । ती पुरोहितको सबै स्पोन्सर एनआरएनए अष्ट्रेलियाले गर्ने उक्त पत्रमा उल्लेख छ । यो खबर बाहिरिएपछि एनआरएनए अष्ट्रेलियाले विज्ञप्ति जारी गर्दै उक्त पत्र नक्कली भएको र लेटरहेड दुरुपयोग गरिएको जनाएको छ ।

यो तथ्य खुलेपछि एनआरएनए अष्ट्रेलियाले अध्यागमन र प्रहरीमा उजुरी दिएको छ । अष्ट्रेलियाको कानुनअनुसार नक्कली कागजपत्र बनाउने काम अपराध भएकाले यसमा सरकारवादी अभियोग लाग्ने जनाइएको छ । अभियोग प्रमाणित भए देश निकालासम्मको कारवाही हुन्छ ।

खासमा अष्ट्रेलियास्थित लाहुरी टिभीले होली कार्यक्रमको आयोजना गरेको हो । यसअघि तीज छेकोमा गर्ने भनिएको कार्यक्रम हुन नसकेपछि होलीलाई आयोजना गरिएको हो ।

यो घटना सार्वजनिक भएपछि आयोजक लाहुरी टिभीले कोइराला, डीसी र उप्रेतीलाई मात्र निम्तो दिइएको जनाएको छ । फेसबुकमार्फत वक्तव्य सार्वजनिक गर्दै टिभीले अन्य आउने भन्ने कुरा अनर्गल भएको दाबी गरेको छ । यो कार्यक्रम विशुद्ध मनोरञ्जनात्मक मात्र भएको र कुनै पुरोहितलाई नबोलाएको टिभीको दाबी छ ।

निर्देशक डीसीले आफ्नो कम्पनी दिनेश डीसी प्रोडक्सन र लाहुरी टिभीबीच एक सम्झौता भएको र त्यसमा तीनजनालाई मात्र निम्तो दिइएको उल्लेख गरेको बताए । उनले अनलाइनखबरलाई उपलब्ध गराएको १७ पृष्ठ लामो सम्झौता १९ जुलाई २०२३ मा भएको देखिन्छ ।

सुरुमा ‘मनिषा कोइरालासँग तीज महोत्सव’ १८ सेप्टेम्बर २०२३ मा आयोजना हुने उल्लेख भएपनि त्यो कार्यक्रम हुन नसकेपछि होलीको अवसरमा गर्न लागिएको डिसीले बताए । ‘पुरोहितलाई नाम जोडिएको कुरा गलत हो । आयोजक र मेरो कम्पनीबीचको सम्झौतामा तीनजना मात्र जाने उल्लेख छ,’ डीसीले भने, ‘भिसा अस्वीकृत गरिएको भनिएका व्यक्तिसँग हाम्रो कुनै सम्बन्ध छैन ।’

पछिल्लो समय अष्ट्रेलिया दूतावासले केही चर्चित कलाकारको भिसा अस्वीकार गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?