+
+

२ हजारभन्दा तल झर्‍यो सेयर बजार, हाइड्रोपावरमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १५:१४

१३ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । २ हजार अंकलाई कतिपयले एउटा सपोर्ट विन्दुका रुपमा बुझ्ने गरेका थिए । तर आइतबार भने २ हजार विन्दुबाट बजार तल झरेपछि अन्तिम समयसम्म गिरावट कायम रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से २६.८१ अंक घटेर १९७९ अंकमा कायम भएको छ ।

कुल ३ अर्ब ८ करोडको कारोबार भयो । आइतबारको बजारमा पनि हाइड्रोपावर समूह बढी प्रभावित भएको छ । यो समूह २.४२ प्रतिशत घट्यो । फाइनान्स १.४ र उत्पादन ०.८० प्रतिशत बढे । तीबाहेकका सबै समूह घटेका छन् ।

बैंकिङ १.६३, विकास बैंक १.०६, होटल तथा पर्यटन १.५३, लगानी १.८६, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स १.३४, निर्जीवन बीमा ०.५७, अन्य १.४३ र ब्यापार समूह १.१५ प्रतिशत घटे । कुल ३८ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रह्यो । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

चिरख्वा हाइड्रोपावरको ८.५, धौलागिरि लघुवित्तको ६.६, गोर्खाज फाइनान्सको ५.१ र सननेपाल लाइफको ५.० प्रतिशत मूल्य बढ्यो । सन नेपाल लाइफले २३.८ प्रतिशत बोनस सेयर र सोपश्चात २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

यस दिन समाज लघुवित्तको मूल्य भने १० प्रतिशत घट्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशत घट्दा पनि लगानीकर्ताले बिक्री गर्न पाएनन् । सूचीकृत भएपछि नै अघिल्लो दिनसम्म यस कम्पनीको मूल्य १० प्रतिशत बढ्दै गएको थियो । मोलुङ हाइड्रोपावरको मूल्य पनि १० प्रतिशत घट्यो । सामलिङ पावरको ९.५, बलेफी हाइड्रोको ९.२ तथा जोशी हाइड्रोको ७.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सननेपाल लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, गोर्खाज फाइनान्स र ङादी ग्रुप पावर कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?