+
+

कालीकोटको सुनथराली विमानस्थलमा ताराले गर्‍यो परीक्षण उडान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:०२

१३ फागुन, काठमाडौं । कालीकोटको सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको छ ।

आइतबार तारा एयरको ९एन–एकेएल जहाजले आइतबार बिहान पौने १० बजे नेपालगन्जबाट कालीकोटको सुनथरालीमा सफल अवतरण गरेको हो । यो विमानस्थलको सोमबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

कुल ३०८ रोपनी क्षेत्रफलमा बनेको यो विमानस्थलको धावनमार्ग ६४० मिटर र चौडाई २० मिटर रहेको छ ।

७ हजार फिट उचाईमा रहेको यो विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको लामो समय सम्म पनि जहाज नउडेपछि आलोचना भइरहेको थियो । कालीकोटमा २०४० को दशकबाटै विमानस्थल निर्माण थालिएको थियो ।

तस्वीर सौजन्य : दीपक बोहोरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?