+
+

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अझै अन्योल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:३३

१३ फागुन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियाबारे अझै निर्णय हुन सकेको छैन ।

उपकुलपति छनोट तथा सिफारिस समिति संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समय अभावका कारण निर्णय हुन नसकेको बताए । ‘समिति सदस्यहरूको समय नमिलेकाले छलफल तथा बैठक बस्न नसकेको हो । चाँडै बसेर निर्णय सार्वजनिक गर्छौं,’ उनले भने ।

उपकुलपति छनोटको लागि बनाइएको मापदण्डमा विवाद भएपछि समितिले फागुन ६ गते मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित गरेको थियो ।

यी दुवै विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेश चन्द्र पौडेल सदस्य रहेको छनोट तथा समिति गठन गरेको छ ।

समितिले २६ माघमा सूचना प्रकाशन गरेर दर्खास्त आव्हान गरेको थियो । उक्त अवधिमा मध्यपश्चिमको उपकुलपतिका लागि ९ जना र सुदूरपश्चिमका लागि ९ जनाले आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?