+
+

विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते ११:२८
फाइल तस्वीर ।

१४ फागुन, काठमाडौं । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ ।

फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ ।

‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, ‘सुप्रिमोमाथि को छ ?’

प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमाथि कोही छ कि भन्दै प्रश्न गरेका हुन् ।

विवादित मन्त्रीहरुको सम्बन्धमा उनले सभामुखलाई स्पष्ट रुलिङ गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?