१४ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष (आव) निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी ढाँचा टुंग्याइने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
निजगढमा विमानस्थल बनाउने विषय दशाकौंदेखि अलपत्र छ । सरकारले निजी क्षेत्रको लगानीमा सो विमानस्थल निर्माणको प्रयास गर्दै आएको छ । तर, निजगढमा विमानस्थल बनाउने जमिनमा सीमांकन गर्नेबाहेकको प्रगति हुन सकेको छैन ।
यसका साथै, पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमताका सञ्चालनको प्रयास गरिने पनि अर्थमन्त्री डा. महतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4