+
+
Shares

‘इलाम–२ मा प्राइमरी इलेक्सनबाट कांग्रेसले उम्मेदवार छान्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १७:१८

१४ फागुन, काठमाडौं । इलाम–२ को उप निर्वाचनमा नेपाली कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने आकांक्षी भेषराज आचार्यले बताएका छन् ।

क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए ।प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने दाबी गरेका आचार्यले अरुले टिकट प्राप्त गरे जित्नै नसक्ने अवस्था रहेको ठोकुवा गरे ।

काठमाडौंमा पत्रकार भेटघाट राखेर आचार्यले आफूले जित्ने आधारहरु समेत सुनाए । ‘मेरो पक्षमा इलाम–२ का जनता छन् । एकपटक टिकट ल्याए तपाईलाई जिताछौं भन्नेहरु धेरै हुनुहुन्छ,’ आचार्यले भने ।

पार्टी नेतृत्वले टिकट दिए वडा, पालिका, प्रदेश, प्रतिनिधि सभा लगायतका पार्टी संरचनाले सम्पूर्ण रुपमा आफूलाई साथ दिने आचार्यको दाबी छ । चार दशक देखि कांग्रेसको राजनीतिमा इमान्दारीपूर्वक भूमिका निभाएको उनले बताए ।

दुईपटक जिल्ला सभापतिमा पराजित आचार्यले २०७० सालमा टिकट पाएका थिए । एमाले नेता नेम्बाङसँग उनी दुई हजार २ मतले पराजित भएका थिए । २०३३ सालबाट नेविसंघमा क्रियाशील भएका उनी २०४२ सालबाट पार्टी राजनीतिमा आवद्ध लागेका थिए । २०४८ सालदेखि महासमिति सदस्य रहेका उनी पार्टीभित्र संस्थापनइतरमा छन् ।

गत निर्वाचनमा पार्टी सभापति समेत रहेका डम्बर खड्का उक्त क्षेत्रबाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतान्तरले पराजित भएका थिए । नेम्बाङको निधनका कारणले हुन लागेको उप निर्वाचनका लागि निर्वाचन आयोगले २४ चैतमा उम्मेदवारी दर्ताको समय तोकेको छ ।

उपनिर्वाचनमा कांग्रेसबाट आकांक्षीमा आचार्य सहित अघिल्लो निर्वाचनमा पराजित खड्का, नगेन्द्र कुमाल, केशव थापा लगायत छन् ।

इलाम–२ मा जिल्लाका पाँच पालिका छन् । गत स्थानीय निर्वाचनमा कांग्रेसले २ पालिका जितेको छ । क्षेत्रमा पर्ने ४२ वडामा कांग्रेसले २२ वडामा जितेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?