+
+
टी-२० आई सिरिज :

नामिबियाविरुद्ध टस हारेको नेपालले फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते ११:०७

१५ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?