+
+
टी-२० आई सिरिज :

नेपालको प्लेइङ-११ प्रमुख स्पिनर विहीन, नामिबियाका कप्तानलाई विश्राम

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते ११:२४

१५ फागुन, काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध प्रमुख स्पिनर बिना नै मैदान उत्रने भएको छ ।

नेपालले आज आफ्नो प्लेइङ ११ मा प्रमुख स्पिनर खेलाएको छैन । प्रमुख स्पिनरको रुपमा ललित राजवंशी खेल्दै आएका थिए । तर ललित आज बेञ्चमा छन् ।

नेपाल पार्टटाम बलरका साथ स्पिनमा जानेछ । नेपालसँग आज तीन प्रमुख र दुई पार्टटाइमगरि पाँच तीव्र गतिका बलर मैदान उत्रदैछन् ।

टीयु क्रिकेट मैदानमा नामिबियाका जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नामिबियाले आफ्ना प्रमुख खेलाडी तथा कप्तान जेराल्ड इरास्मसलाई विश्राम दिएको छ । नामिबियाले मलान क्रुगरलाई टी-२० आईमा डेब्यू दिएको छ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

नामिबियाको प्लेइङ ११

जेन ग्री, माइकल भान लिंगेन, जान निकोल लोफ्टी, निकोलस फ्रेलिंक, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ(कप्तान), टांगेनी लुंगामेनी, बेर्नार्ड स्ल्कोट्ज, जेपी कोट्जी, मलान क्रुगर र पिटर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?