+
+

कञ्चनपुरमा हराइरहेका युवक मृत भेटिए, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १४:३८

१५ फागुन, धनगढी । कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् ।

आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले महाकाली सिचाइँको मूल नहरमा तैरिहेको अवस्थामा बिष्टको शव भेटिए परेको बताए । उनकाअनुसार आइतबार घरबाट निस्किएका बिष्ट सम्पर्कविहीन थिए ।

मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । डीएसपी डाँगीले उनीसँगै रहेका दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनीहरुसँग सोधपुछ भइरहे पनि बाँकी कुरा खुलेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?