+
+

सेयर बजारले फेरि नाघ्यो २ हजार अंक, उत्पादन समूहमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १५:१५

१५ फागुन, काठमाडौं । सेयर बजारले फेरि २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो ।

समूहगत सूचकहरुमा भने मिश्रित अवस्था देखिएको छ । केही समूहहरु बढेका छन् भने केही घटेका छन् । उत्पादन समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढ्यो । घटेका समूहको गिरावट दर ०.३ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, उत्पादन २१७, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा ७७ र ब्यापार समूह २९ अंक बढे । अन्य ०.९, जीवन बीमा ८, होटल तथा पर्यटन २.८ र फाइनान्स समूह ५ अंक घटे ।

बोटलर्स नेपाल बालाजु र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सामलिङ पावरको ९.२, बोटलर्स नेपाल तराईको ८.७, गुराँस लघुवित्तको ८, धौलागिरि लघुवित्तको ७.९, हिमालयन पावर पार्टनरको ६.३ तथा हिमालयन हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो । चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

कालिन्चोक दर्शनको ४.३, मोलुङ हाइड्रोपावरको ३.५ र खानीखोला हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?