+
+

उत्पलामा भेगन उत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १७:३४

काठमाडौं । स्नेहाज केयरले यही फागुन १९ भिगन फेस्टिबल (बिरुवामा आधारित आहार) आयोजना गर्ने भएको छ । ग्रास रुट मेभमेन्ट इन नेपाल र नेपाल होमस्टे टुरिजम सर्भिसेजसँग स्नेहाज केयरको सहकार्यमा बौद्धस्थित उत्पला क्याफेमा भेगन फेस्टिबल हुने संस्थाले जनाएको छ ।

बिरुवामा आधारित आहारको उपभोगका लागि प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१८ देखि स्नेहाज केयरले भिगन फेस्टिबलको आयोजना गर्दै आएको छ ।

महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार र सामग्रीको प्रदर्शन र बिक्री वितरण गरिने हुँदा भिगन सामाग्रीहरूको बिक्रेताहरूले स्टल राख्न मिल्ने व्यवस्था गरिएको स्नेहाज केयरकी संस्थापक स्नेहा श्रेष्ठ बताउँछिन् ।

महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनी र बालबालिकाहरूका लागि खेल प्रतियोगिताको समेत व्यवस्था गरिएको श्रेष्ठले बताइन् ।

के हो भेगन डाइट ?

भेगन डाइट त्यस्तो डाइट हो, जहाँ माछामासु, अण्डा मात्र होइन, पशुपंक्षीको कुनै पनि उत्पादनको अंश हुँदैन । यो भनेको विशुद्ध शाकाहारी हो । यस किसिमको डाइटमा गाईको दूधसमेत वर्जित छ । किनभने गाईको दूध प्रकृतिले उसकै बाछोका लागि दिएको हो, मान्छेको लागि होइन भन्ने उनीहरुको मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपंक्षीसँग भावनात्मक रुपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ ।

यो डाइटमा अण्डा, मासु, डेरी प्रोडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि बञ्चित गरिएको छ । मानिसहरु विभिन्न कारणले भेगन डाइटलाई ‘फलो’ गर्छन् । यसको मुख्य कारण पर्यावरणप्रतिको चिन्ता वा पशुपंक्षीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापि, यसको विभिन्न स्वास्थ्य लाभ पनि हुन्छ ।

फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रुट्स लगायत वनस्पतिबाट उत्पन्न हुने खाद्यान तथा विभिन्न बीउमार्फत उत्पादन हुने आहार होल फूड भेगन डाइट अन्तर्गत पर्छ ।

काँचो फल, सागसब्जी, नट्स, बीउ वा बोटविरुवा खाद्य पदार्थमा आधारित एक शाकारी आहार हो । जो ११८ डिग्री तापमानमा पकाइन्छ ।

एक किसिमको भेगन डाइटमा एभोकाडो जस्ता बोसोयुक्त फललाई सामेल गरिन्छ । साथै उच्च कार्बनयुक्त फलफूल पनि भेगन डाइटकै एक अंश हो । यसमा आलु, चामल, मकै आदि पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?