+
+

ललितपुरका किसानले जिल्ला प्रशासन अगाडि पोखे दूध

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १५:२२

१५ फागुन,काठमाडौं । ललितपुरका किसानले जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर विरोध गरेका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ आह्वानमा किसानले दूधको भुक्तानी नभएको भन्दै विरोध गरेका हुन् । दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रीय सरकार, प्रदेश सरकार सकारात्मक नदेखिएको भन्दै जिल्ला प्रशासन अगाडि दूध पोखेको संघले जनाएको छ ।

उनीहरूले दूध पोखेर प्रमुख जिल्ला अधिकारीलाई दूधको भुक्तानी माग गर्दैै ज्ञापनपत्र पनि बुझाएका छन् । दुग्ध सहकारी संघले दुग्ध विकास संस्थान (डीडीसी) लगायत निजी डेरीहरूले बक्यौता तिर्नुपर्ने, उत्पादनमा आधारित दुग्ध लिटर अनुदान बागमती प्रदेशबाट दिँदै आएकोमा हाल कटौती गरिएकोमा प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउनुपर्ने माग छ ।

दूध तथा दुग्ध पदार्थ निर्यातका लागि खोरेत लगायत रोगमुक्त घोषणा गर्न माग गर्दै किसानले दूध खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्यसमेत निर्धारण गर्नुपर्ने उनीहरूको माग छ ।

दुग्ध सहकारीले दुग्ध चिस्यान केन्द्रको विद्युत् महसुलमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउनुपर्ने माग गर्दै किसानलाई उत्पादनमा लागत कम हुने कार्यक्रम लागु गर्न माग राखेको छ ।

ललितपुरका किसानले १७ फागनुमा दुग्ध उत्पादक सहकारी संघ र अन्य किसान संघसंगठनको सहभागितामा कान्ति लोकपथ अन्तर्गत चापागाँउ टाहाखेलमा डेढ घण्टा चक्काजाम घोषणा गरेका छन् ।

ललितपुर दुग्ध सहकारी संघका अनुसार ललितपुरमा ६३ दुग्ध सहकारी संस्थामार्फत ६ हजार सदस्य छन् । १५ हजार कृषक दुग्ध उत्पादनमा लागेका छन भने दैनिक १ लाा ५० हजार लिटर दूध उत्पादन भई ७० हजारदेखि ७५ हजार लिटर बिक्री भइरहेको छ ।

मासिक १५ करोडभन्दा बढी सहरको पूँजी गाउँ गइरहेको भन्दै भुक्तानी रोकिँदा किसान समस्यामा रहेको संघ अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।

हेर्नुहोस् ज्ञापनपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?