+

कस्तो अवस्थामा दूध पिउनु उचित हुन्न ?

२०८१ वैशाख  ३ गते १९:१५ २०८१ वैशाख ३ गते १९:१५
कस्तो अवस्थामा दूध पिउनु उचित हुन्न ?

दूधमा प्रोटिन, भिटामिन ए, बी-१, बी-१२, भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । माछामासु नखाने व्यक्तिका लागि दूध प्रोटिनको मुख्य स्रोत हो । दूधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, सबैखाले भिटामिन र मिनरल्स पाइन्छ । यी सबै कुरा स्वास्थ्यका लागि आवश्यक हुन्छ ।

दूध मानव शरीरको लागि फाइदाजनक छ र यो एक स्वस्थ पेय हो भन्ने विश्वास गरिन्छ । धेरैलाई राति सुत्नुअघि एक गिलास तातो दूध पिउने बानी पनि हुन्छ ।

बालबालिकादेखि वृद्धसम्म सबैलाई दैनिक दूध पिउने सल्लाह दिइन्छ । अझै राति सुत्ने बेला एक गिलास दूध पिउने चलन बढी पाइन्छ । तर राति सुत्ने बेला दूध पिउनेहरुलाई ग्यास्ट्रोइसोफेगल रिफ्लेक्स डिजिज (जीईआरडी) हुनसक्छ, जसलाई सामान्य भाषामा एसिड रिफ्लेक्स वा एसिडिटी पनि भनिन्छ ।

कुनै पनि खानेकुरा खाएपछि पच्नको लागि तीन घण्टासम्म समय लाग्छ । त्यसैले खाना खानेबित्तिकै पल्टिन हुँदैन भनिन्छ । यस्तोमा सुत्ने बेलामा दूध पिउँदा राम्ररी पच्दैन र माथितिर फर्केर आउँछ । यस्तो भयो भने बिहान छाती पोल्ने, मुख तीतो हुने, मुखमा अमिलो पानी आउने जस्ता समस्या देखा पर्छन् ।

दूधले पाचनसँग जोडिएका समस्या निम्ताउन सक्छ

केही व्यक्तिमा ‘लेक्टोज इन्टोलरेन्स’ दूध पचाउने क्षमता कमजोर हुन्छ । यस्तो अवस्थामा शरीरले ल्याक्टोज पचाउन सक्दैन । दूध र दुग्धजन्य उत्पादनसँग एलर्जी ल्याक्टोज इनटोलरेन्स हो । यस्तो समस्या हुने व्यक्तिले राति सुत्ने बेलामा दूध पिउनु हुँदैन ।

आमाको दूध खाने बालबालिकामा ‘ल्याक्टेज इन्जाइम’ पाचन प्रणालीमा दूधमा रहेको ल्याकटोजलाई पचाउने-टुक्राउने ल्याक्टेज नामक इन्जाइम हुन्छ । उमेर बढ्दै जाँदा त्यो इन्जाइम कम हुँदै जान्छ । जसले गर्दा दूध र दूधबाट बनेको परिकार पच्दैन र पेट ढुस्स हुने, अप्ठेरो महसुस हुने हुन्छ ।

पाचनसँग जोडिएका समस्या हुने व्यक्तिले पनि दूध नपिउनु नै राम्रो हुन्छ । दूध पिउँदा कतिपयलाई अपच, कब्जियत जस्ता समस्या हुन सक्छन् ।

अहिले हरेक खानेकुरामा मिसावट हुन्छ । दूध पनि यसबाट अछुतो छैन । जसले गर्दा दूधको गुणस्तर खस्केको  छ । प्राकृतिक दूधभन्दा प्रशोधित दूध हामी खाइरहेका छौं, जुन पचाउन झन् गाह्रो हुन्छ । जसले पाचनसम्बन्धी समस्या निम्त्याउँछ ।

रिफ्लेक्स र लेक्टोज इनटोलरेन्सलाई बेवास्ता नगरौ

राति दूध पिएर सुत्दा रिफ्लेक्स भइरहन्छ भने यसले खाना नलीमा समेत समस्या निम्ताउन सक्छ । आमाशयमा खाना पचाउन उत्पादित एसिड तल पेटमा नगएर माथितिर खानाको नलीमा पुग्ने अवस्थालाई एसिड रिफ्लेक्स भनिन्छ । यो त्यतिबेला हुन्छ, जब खानाको नली (इसोफ्यागस)को भित्री तह एसिडको सम्पर्कमा आएर नष्ट हुन्छ ।

यो समस्याले घाँटी खसखस हुन्छ । रुघाखोकी नभए पनि खाना खाँदा घाँटी दुख्ने पोल्ने, काँडा बिझाए झैं हुने, स्वर धोद्रो हुने हुन्छ । श्वासनलीमा पुगे खोकी लाग्नुका साथै टन्सिल समेत हुनसक्छ । साथै अन्ननली सुन्निने,  घाउ हुने जस्ता विभिन्न समस्या उत्पन्न हुन्छ ।

दूध पेय पदार्थ स्वास्थ्य
लेखक
डा. सन्दीपराज कुँवर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय