+
+

फिल्म ‘काँडेतार’ले एक लाखभन्दा बढी हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २१:०४

काठमाडौं । नेपाल भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग गर्दै फिल्म ‘काँडेतार’ले देशब्यापी हस्ताक्षर संकलन गरेको छ । मंगलबार काठमाडौंको रत्नपार्कमा निर्देशक तथा निर्माता नवल खड्कासहित फिल्म टीमले हस्ताक्षर संकलन तथा प्रदर्शन गर्‍यो ।

देशभर गरिएको यो अभियानमा एकलाखभन्दा बढी हस्ताक्षर संकलन गरिएको निर्देशक खड्काले बताए । उपयुक्त समयमा संकलित हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइने कार्यक्रम रहेको उनले बताए ।

‘तत्कालै बुझाउने हाम्रो तयारी थियो तर, बिचौलियाको अवरोधले प्रधानमन्त्रीसामु हामी पुग्न पाएनौं’ खड्काले भने, ‘हामी उपयुक्त समयमा हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउनेछौं ।’

फिल्म ‘काँडेतार’ फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले नेपाल र भारतको सीमामा काँडेतार लगाएर सीमा व्यवस्थित गर्नुपर्छ भन्ने सन्देश दिने निर्माता समेत रहेका खड्काले बताए । फिल्मले राष्ट्रिय स्वाधिनतामाथि हुने हस्तक्षेपविरुद्धको कथा पेश गर्ने उनले बताए ।

फिल्ममा नवलसहित गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन छ । माकिको राई, नादिया खड्का, सनया खड्का र अञ्जु केसीको निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?