+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राप्रपाले १६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते २०:३१

१६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ चैतमा काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको छ ।

९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ४० बुँदे माग पूरा गराउन सबै जिल्लामा दबाबमूलक कार्यक्रम गर्ने र काठमाडौंमा जनसंघर्ष गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बुधबार राप्रपाले राजधानीमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलन सम्बन्धी प्रशिक्षण आयोजना गरेको छ । प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले संघर्षको कार्यक्रमको खाकाबारे जानकारी गराएका थिए ।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डा सहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?