+
+

इटहरीमा विद्युतीय शवदाह गृह बन्ने, लागत साढे तीन करोड 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १६:३६

१७ फागुन, विराटनगर । इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । बुढी खोला किनार बुढीजमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो ।

शवदाह गृह निर्माणका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारले लगानी गर्नेछन् । तीन करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको शवदाह गृहको निर्माण चालू आर्थिक वर्षभित्रै निर्माण सक्ने तयारी छ ।

दाउरा विपन्नलाई खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै लाग्ने भएका कारण इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

शवदाह गृह निर्माणका लागि कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?