+
+

नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले रोक्यो फिल्म ‘रंगेली’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १२:५०

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रंगेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

यस विषयमा अनलाइनखबरसँग कुरा गर्दै समितिमा गृह मन्त्रालयको प्रतिनिधित्व गर्ने सेन्सर बोर्डका सदस्य एकदेव अधिकारीले शीर्षकको संवेदनशीलतालाई लिएर आफूहरुले यस्तो कदम लिएको बताए ।

‘रंगेली नगरपालिकामा फिल्म खिचेकाले स्थानीय सरकारको सहमति छ कि छैन भनेर हामीले बुझ्न खोजेका हौं । यसबारे हामी छलफलकै क्रममा छौं । छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र उहाँहरुले प्रमाणपत्र पाउनुहुन्छ,’ उनले भने ।

उनले फिल्मको विषयवस्तु र गुणस्तरभन्दा पनि शीर्षकप्रति आफूहरुको चासो रहेको बताए । सेन्सर बोर्डका अर्का सदस्य ऋषिराज आचार्यले ठाउँको संवेदनशीलतालाई लिएर आफूहरुले कन्सेन्ट पेपर खोजेको बताए ।

‘उहाँहरुले सहमति गर्नुभएको होला । सुटिङको लागि उहाँहरुले लिनुभएको अनुमति पत्र हामीलाई पेश गर्नुपर्छ । हाम्रो यो चासो उहाँहरुकै हितको लागि हो,’ आचार्यले भने, ‘फिल्म राम्रै सन्देश दिने तरिकाले बनेको छ भने प्रश्न हुँदैन । तर नराम्रो तरिकाले चित्रण गरिएको छ भने सम्बन्धित ठाउँको छविमा असर पर्नसक्छ ।’

फिल्मका निर्माता जितेन्द्र खतिवडाले आफूहरुले यो समस्या समाधान हुने आशा लिइएको बताए । सेन्सर बोर्डले केही दृश्य र संवाद मिलाएर आउनु भनेको खतिवडाको भनाइ छ । अर्जुन सुवेदी निर्देशित ग्याङस्टर फिल्म ‘रंगेली’ फागुन २५ मा प्रदर्शन हुँदैछ । सुरुमा फिल्मको ‘ग्याङस्टर रंगेली’ राखिएपनि पछि नाम परिवर्तन गरेर ‘रंगेली’मा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?