+
+

मेहेन्दी उत्सवमा यसरी रमाइन् नन्दिता (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १३:२०

काठमाडौं । अभिनेत्री नन्दिता केसीले शनिबार प्रेमीसँग लगनगाँठो कस्दैछिन् । विवाहका लागि नन्दिता र उनका प्रेमी अरविन्द्र कट्वाल यतिबेला काठमाडौंमा छन् ।

बिहीबार नन्दिताले काठमाडौंको रेसु भिल्लामा मेहेन्दी उत्सव मनाइन् । सो अवसरमा उनी निकट फिल्मकर्मी र आफन्तहरु थिए । मेहेन्दी समारोहमा आकर्षक लेहंगामा देखिएकी उनी प्रफुल्ल मुडमा देखिएकी थिइन् ।

केही दिनअघि क्यानडामा इन्गेजमेन्ट गरेका यी दुईले काठमाडौंमा विवाह गर्न लागेका हुन् । नन्दिता र उनका प्रेमी अरविन्द्र दुवै जना अमेरिकामा बस्दै आएका छन् । अरविन्द्र पेशाले मुटुरोग विशेषज्ञ हुन् । उनी अमेरिकाको नर्थ क्यारोलिनामा बस्छन् ।

यी दुईबीच ६ महिनाअघि भेट भएको थियो । शनिबार हुने विवाहका लागि नन्दिताले निकट सेलिब्रेटीलाई निम्तो दिएको जनाइएको छ । यसबाहेक विवाह समारोहमा परिवार र आफन्त उपस्थित हुनेछन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?