+
+

४० पुगे बुद्धि तामाङ, भन्छन्- अब थोरै फिल्म खेल्छु, निर्माणमा समय दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १७:२६
कलाकार बुद्धि तामाङ । फाइल तस्वीर

काठमाडौं । लोकप्रिय अभिनेता बुद्धि तामाङ शुक्रबार ४० औं जन्मदिन मनाउँदैछन् । डेब्यु फिल्म ‘कबड्डी’बाटै सफलताको स्वाद चाखेका उनी ‘हैट’ उपनामले सुप्रसिद्ध छन् ।

रुकुम पूर्वको तक्सेरामा छायांकन भइरहेको फिल्म ‘घरज्वाइँ’मा व्यस्त बुद्धिले अनलाइनखबरसँग आफ्नो बर्थडे रिजोलुसन सुनाए । ४० पछिको जीवनलाई व्यवस्थित गराउने उनको योजना छ । फिल्म कम खेल्ने र निर्माणतिर जुट्ने उनले बताए ।

उनले भने, ‘अब थोरै फिल्म खेलेर निर्माणतिर समय दिन्छु । एक-दुईवर्षमै आफ्नै लगानीमा फिल्म बनाउँछु । अबको समय आफैंले आफैंलाई समय दिने हो । सन्तानको योजना पनि बनाउँदैछौं ।’

बुद्धिले अगाडि भने, ‘अहिले आफैंले आफैंलाई बेवास्ता गरेर अघि बढेको अवस्था छ । अब आफूलाई समय दिने र व्यवस्थित गर्छु ।’ उनले वर्षमा दुई नाटक निर्देशन गर्ने योजना रहेको सुनाए । उनी निर्देशित पछिल्लो नाटक ‘मासिन्या’ यसै महिना मञ्चन भएको थियो ।

बुद्धिले साइन गरेका तर बन्न बाँकी फिल्मको संख्या ७ छन् । अहिले खेलिरहेको फिल्म ‘घरज्वाइँ’को छायांकन सकिन २० दिन लाग्ने जनाइएको छ । बुद्धि यसैवर्ष विवाह बन्धनमा बाँधिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?