 
																			२० फागुन, काठमाडौं । २०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको हिटीपोखरीस्थित गरुडको प्रस्तर मूर्ति आठ वर्षपछि पुनर्स्थापित भएको छ ।
काठमाडौंं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा नम्बर १ को कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनर्स्थापित गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा पर्ने फल्चा भत्किँदा गरुडको मूर्ति पनि ढलेको थियो ।
‘मूर्ति पुनरुस्थापित भयो, अब फल्चा पुनर्निर्माण गराउँछौं,’ वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनर्स्थापना हाम्रो प्राथमिक काम हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4