
२१ फागुन, काठमाडौं । भक्तपुरमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।
आज बिहान सवा ६ बजे मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका- ३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका हुन् ।
खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकरी दिएको छ ।
थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4