+
+
Shares

निर्वाचन आयोगलाई रेशम चौधरीको ताकेता : म अध्यक्ष भएको विवरण कहिले अद्यावधिक हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १८:४२

२१ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र यस पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचन आयोगलाई पत्र लेखेर पार्टीको अभिलेख अद्यावधिक गरिदिन ताकेता गरेका छन् ।

गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहित दलको केन्द्रीय समितिको नयाँ विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो ।

उक्त निवेदन अनुसार अहिलेसम्म पार्टीको विवरण अद्यावधिक भएको जानकारी नआएको भन्दै नाउपा र चौधरीको तर्फबाट छुट्टाछुट्टै रुपमा ध्यानाकर्षण पत्र निर्वाचन आयोगमा आइतबार प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उक्त पत्रमा चौधरीले आयोगलाई सोधेका छन्, ‘म पार्टी अध्यक्ष भएको विवरण कहिले अद्यावधिक हुन्छ ?’

२७ पुस २०८० मा भएको नागरिक उन्मुक्ति पार्टीको अधिवेशनले रेशम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ केन्द्रीय समितिको अभिलेख अद्यावधिकका लागि नागरिक उन्मुक्ति पार्टले दिएको निवेदनविरुद्ध दुईवटा उजुरी परेका थिए ।

ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका चौधरी अध्यक्ष चयन हुनु कानुन विपरीत भएको भन्दै आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले नाउपा र अध्यक्ष चौधरीलाई स्पष्टीकरण सोधेको थियो । उक्त पत्रको जवाफ आइसकेको आयोगले जनाएको छ ।

अब आयोगमा प्राप्त विवरण अद्यावधिकको निवेदन, त्यसविरुद्ध परेको उजुरी र उजुरीको जवाफसमेतका आधारमा निर्णय गर्ने आयोगले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?