+
+

राजनीतिमा जस्तो फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:३१

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् ।

पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’ एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए ।

सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास पनि ओलीले व्यक्त गरे ।

कार्यक्रममा ओलीले मजदुरहरुको ज्याला र पारिश्रमिक वृद्धि हुनुपर्ने पनि बताए । कतिपयले मजदुरहरुको पारिश्रमिक बढ्दा महँगी बढ्छ भन्ने गरेको भन्दै ओलीले त्यो तर्क गलत भएको बताए । त्यसो हुने भए त अहिले जम्मा १५ हजार पारिश्रमिक हुँदा महँगी नबढ्नुपर्ने हो नि तर दिनदिनै बढिरहेको छ ।

मजदुरहरुको अवस्थामा फेरबदल ल्याएको भन्दै जिफन्टको प्रशंसा गरेका ओलीले अब अझ राम्रो अवस्थाको लागि काम गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?