+
+

भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल आउने पर्यटक दोब्बर बनाउने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १३:०६

२४ फागुन, काठमाडौं । भारतको सीमावर्ती क्षेत्रबाट आगामी गर्मीयाममा नेपाल आउने परिवारसहितका भारतीय पर्यटकको संख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीले आंकलन गरेका छन् ।

भारतीय र नेपाली पर्यटन व्यवसायीहरुबीच लखनउमा सम्पन्न नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ ।

जनकपुर र अयोध्यालाई जोडेर बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्राउन संघले यही ३–७ मार्चसम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टुर अपरेटर र व्यवसायीहरुको उपस्थिति थियो ।

टुर अपरेटरलाई स्वागत गर्दै संघका अध्यक्ष विनायक शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकहरुलाई नेपाल घुम्न निम्ता दिए ।

अध्यक्ष शाहले नेपाल गन्तव्य विवाह र माइस पर्यटनका लागि उपयुक्त रहेको साथै यसका लागि पर्याप्त संरचना तयारी अवस्थामा रहेको पनि बताए ।

उनले पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताए ।

अध्यक्ष शाहले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तकका बारेमा चर्चा गरे ।

कार्यक्रममा भारतीय पर्यटन व्यवसायीको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोशिएसन यूपीका अध्यक्षले दुई देशीय पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमको अझ बढी महत्व रहेको बताए ।

उनीहरुले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने  विश्वास दिलाए ।

भारत–नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती शहरहरुबीच सिधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको बताइयो ।

यसअघि जानकी मन्दिरमा विशेष पूजा गरी परम्पराअनुसारको चाँदी तथा तुलसीको विशेष माला सहित १६ वटा सगुन तथा उपहारका किस्तीहरु प्रदेश पर्यटन मन्त्री सुनिता यादव तथा जानकी मन्दिरका महन्तबाट राममन्दिर अयोध्या तर्फ लैजान अध्यक्ष शाह तथा टोलीलाई हस्तान्तरण गरिएको थियो ।

नेपाल होटल संघ टोलीले राममन्दिर अयोध्यामा विशेष पूजाअर्चना गरी लखनउ पुगेको यिथो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?