+
+
WC Series
पोखरा एभेन्जर्स 2025
85/4 (12.1)
VS
४७ बलमा ८१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आयोटामा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १८:००

२६ फागुन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ स्थित आयोटा एकेडेमीमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २०० जनाभन्दा बढीले सेवा लिएका छन् ।

विद्यार्थी, अभिभावक र स्थानीय सहभागी स्वास्थ्य शिविरमा ५० जनालाई फ्लुविरुद्धको खोप दिइएको थियो । यसैगरी ४० जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो ।

सामान्य स्वास्थ्य समस्या देखिएकाहरुलाई औषधि वितरण पनि गरिएको थियो भने थप परीक्षण गर्नुपर्ने खालकालाई अस्पतालमा जान सल्लाह दिइएको थियो ।
एक दिने स्वास्थ्य शिविरमा पाटन अस्पतालका पूर्व मेडिकल डाइरेक्टर तथा बाल रोग विशेषज्ञ प्रा.डा. इमरान अन्सारीको नेतृत्वमा १२ जना विशेषज्ञ डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

विशेषज्ञ डाक्टरहरुले पोषण मूल्याङ्कन, डाइबिटिज, उच्च रक्तचाप परीक्षण तथा परामर्श, महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरेका आयोटा एकेडेमीका प्लस टु को–अर्डिनेटर पवन अधिकारीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा पाटन अस्पतालका सहप्राध्यापक एवम् मटुरोग विशेषज्ञ डा. अर्जुन अधिकारी, पाटन अस्पतालनकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ईशा पुन, कान्ति बाल अस्पतालकी डा. आएशा इफ्फत अन्सारी, शहीद शुक्रराज ट्रपिकल अस्पतालका पूर्वमेडिकल अफिसर अफिसर डा. मन्सुर आलम, नेपाल मेडीसिटी अस्पतालका माईक्रो बायलोजिष्ट महेश कुमार चौधरी सहभागी थिए ।

शिविरमा किस्ट मेडिकल कलेज, काठमाडौं विश्वविद्यालयको मेडिकल स्कुलका एमबीबीएस विद्यार्थीहरुका साथै नर्स र हेल्थ असिस्टेन्टहरु पनि सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?