+
+

माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार चयन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते ७:२३

२७ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने छ ।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए ।

यसअघि गठबन्धनका नेताहरू बीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने लिखित सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?