+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माथिल्लो तामाकोशीसहित ७ कम्पनीका थप सेयर सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १८:३८

२७ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको छ । माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ ।

एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत ७ लाख ४७ हजार ८२८ कित्ता, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत सेयर बोनसवापतको ६२ लाख ६० हजार ३७७ कित्ता, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरवापत १६ लाख ५४ हजार ८४७ कित्ता सेयर बजारमा सूचीकृत भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस सेयरवापत १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेस्ट एन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस सेयरवापत १९ लाख ८६ हजार २२४ कित्ता सेयर थपिएको छ । यी सेयर सूचीकृत भएपछि हकप्रद वा बाेनसवापत लगानीकर्ताले पाएको सेयर कारोबार गर्न बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?