+
+

उच्च मूल्यमा पुगेको सुन सोमबार स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ११:५०

२८ फागुन, काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला ३५ प्रतिशतले बढिसकेको छ । १७ कात्तिक २०७९ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत २५ दिनमा सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ बढिसकेको छ ।

फागुन ३ गते सुनको भाउ तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ । प्रतितोला १ हजार ४७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?