+
+

सोनामको पहिलो फ्याक्ट्री आउटलेट सहितको नयाँ शोरुम कलंकीमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १७:१६

काठमाडौं । नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स कलंकीमा सञ्चालनमा ल्याएको छ । सोनामको यो आउटलेट सहित शोरुम संख्या २३ वटा पुगेको छ ।

यो आउटलेटमा वर्षैभरि विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ शोरुममा कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजका कपडाहरु उपलबध् हुनेछन् ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका शोरुम सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?