+
+

प्रचण्डलाई जनमोर्चाका सांसदको प्रश्न : प्रतिगमन सच्चियो कि सच्चिएन ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १२:५०

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिगमन सच्चियो कि बाँकी छ भनी प्रश्न गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिंदै सांसद विश्वकर्माले यस्तो प्रश्न गरेका हुन् ।

गठबन्धन बदलिनुको कारण थाहा नभएको उल्लेख गर्दै उनले भने, ‘प्रतिगमन रोक्न हिजो गठबन्धन बनेको थियो । आज प्रतिगमन सच्चियो कि सच्चिएन ?’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस, माओवादी सहितका दलहरु प्रतिगमन भयो भनी मोर्चावन्दीमा लागेका थिए । त्यसबेला जनमोर्चाले पनि कांग्रेस र माओवादीको मोर्चालाई साथ दिएको थियो ।

विगतमा प्रतिगमन गरेको भनी आरोपित गरिएको पक्षसँगै माओवादीले गठबन्धन गरेको भन्दै सांसद विश्वकर्माले राष्ट्रिय सभाको अध्यक्षको चुनावमा मतदान नै नगर्ने निणय लिएको उनले बताए ।

उनले भनेका छन्, ‘हामीलाई लाग्छ अझै प्रतिगमनको खतरा छ ।’

प्रतिगमनको खतरा रहेको भन्दै उनले थपे, ‘हामी दुवै उम्मेदवारलाई भोट नहाल्ने नो भोटमा अवस्थामा रहने निर्णयमा पुगेका छौं ।’

 यसअघि समाचारमा फरक फोटो प्रयोग भएकोमा सच्याइएको छ । -स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?