+
+

सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १५:१६

२९ फागुन, काठमाडौं । मंगलबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको हो । कारोबार खुलेदेखि बढेको बजार १२ : ४४ बजे २०६४ अंकसम्म झर्‍यो । त्यसपछि बजार बन्द हुँदासम्म नै नेप्से एकोहोरो उकालो लाग्यो ।

नेप्से मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब १९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५५ करोडको कारोबार भयो । कुल २२० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।

जीवन बीमा समूह सबैभन्दा धेरै ५.४४ प्रतिशत तथा माइक्रोफाइनान्स समूह ५.०५ प्रतिशत बढ्यो । बैंकिङ ३.१०, विकास बैंक २.१७, फाइनान्स २.२९, होटल तथा पर्यटन ३.९३, हाइड्रोपावर ०.९९, लगानी १.८७, उत्पादन २.३४, निर्जीवन बीमा ३.१५, अन्य १.६४ र ब्यापार समूह १.६९ प्रतिशत बढे ।

धेरै मूल्य बढेका कम्पनीहरुमा माइक्रोफाइनान्सहरु अगाडि रहे । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य, विन नेपाल, स्वाभिमान, जाल्पा लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट, नाडेप, अभियान लघुवित्तको मूल्य ८ देखि ८.९ प्रतिशतसम्म बढ्यो ।  मोलुङ हाइड्रोपावर, न्यादी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, बुद्धभूमि हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको मूल्य २ देखि २.५ प्रतिशतसम्म घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, सननेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?