+
+

रुसी सेनामा कार्यरत नेपालीका परिवारले रुसी दूतावासमा दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १७:११

२९ फागुन, काठमाडौ‌ं । रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् ।

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् ।

रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न भन्दै पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट निवेदन बुझाइएका हुन् ।

‘रुसी सेनामा जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएका नागरिकको उद्धार, घाइतेहरुको उचित उपचार, रुसी सेनामा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि परिवारको तर्फबाट निवेदन बुझाएका छौं’, अभियानकी संयोजक कृतु भण्डारीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?