+
+

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १७:३९

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन् ।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।

दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।

२०१२ सालमा जन्मिएका दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?