+
+

नयाँ जेम्स बन्ड बन्न लागेको चर्चाबारे के भन्छन् किलियन मर्फी ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १६:५७

काठमाडौं । आगामी जेम्स बन्डको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने चर्चा गर्माएको छ । बितेको एक वर्षयता धेरैले धेरैजनाको नाम दिइरहेका छन् ।

निर्मातालाई पनि यो आइकोनिक चरित्रको अभिनेता छनोट गर्न मुस्किल परिरहेको छ । पछिल्ला जेम्स बन्डको रुपमा डेनियल क्रेगले सन् २०२१ मा नदोहोरिने घोषणा गरेपछि उनको भूमिकामा को आउला भन्ने अड्कलबाजी पनि चलिरहेका छन् ।

यस्तोमा पूर्वजेम्स बन्ड स्टार पियर्स ब्रोसनानले ओस्कार विजेता ‘ओपेनहाइमर’ अभिनेता किलियन मर्फीलाई अघि सारेका छन् । ‘महामहिमको गोप्य सेवामा किलियनले उत्कृष्ट काम गर्नेछन्,’ ब्रोसनानले बीबीसीसँग भने । उनले सन् १९९५ देखि २००२ सम्म जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए ।

ओस्कार वाइल्ड अवार्ड समारोहको क्रममा पियर्सले मर्फीको नाम अघि सारेका हुन् । यसको अर्थ मर्फी पनि जेम्स बन्ड बन्ने दौडमा रहेको अनुमान गरिएको छ । तर उनले यसबारे आधिकारिक कमेन्ट भने दिएका छैनन् ।

‘जेम्स बन्डको रोल गर्न म धेरै बुढो भइसकें । जहाज चल्न थालेपछि म पक्कै पनि भन्नेछु,’ उनले भनेका छन् । तर स्रोतले चाहिं मर्फी यो रोलका लागि उत्कृष्ट छनोट हुने दाबी गरेको छ । स्रोतले भन्यो, ‘किलियन अहिले हलिउडमा निकै रुचाइएका अभिनेता हुन् । यो रोल पनि अहिलेसम्मकै भयंकर हुनेछ ।’

‘आफ्नै खालको लोकप्रियतामा रहेको बन्ड श्रृंखलालाई पुनः लोकप्रियताको उचाइमा ल्याउने यो उत्तम तरिका हो,’ स्रोतले भन्यो । बन्ड निर्माता बार्बरा ब्रोकोलीले बितेको एक वर्षयता मर्फीमाथि नजर राखिरहेकी छिन् ।

अर्को वर्षको अन्त्यसम्म बन्ड श्रृंखलाको नयाँ फिल्मको निर्माण सुरु नहुने अनुमान छ । मर्फीबाहेक बन्ड पात्रका लागि आरोन टेलर जोन्सन, रेजे जिन पेज, हेनरी काभिल लगायतको नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?