+
+

सामसङको ग्यालेक्सी फिट३ सार्वजनिक, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १९:३८

काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा नयाँ सटिक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट३ सार्वजनिक गरेको छ ।

सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधियुक्त फिट३ले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने कम्पनीले बताएको छ ।

ग्यालेक्सी फिट३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो । यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी रहेको छ । जसले प्रयोगकर्तालाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ ।

‘आधुनिक युगमा स्वास्थ्यबारे सोच्ने मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन् । उनीहरू यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न सामसङ समर्पित छ,’ सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले भने ।

ग्यालेक्सी फिट३, नवीनतम फिटनेस ट्रयाकरले दैनिक वेलनेसलाई प्रवद्र्धन गर्ने र प्रयोगकर्तालाई उत्कृष्ट बनाउन प्रेरित गर्ने पहुँचयोग्य स्रोतहरू प्रदान गर्ने प्रतिबद्धतालाई कम्पनीले जोड दिएको उनले बताए ।

के छन् विशेषता ?

टिकाउ र कम्प्याक्ट ट्रयाकर

ग्यालेक्सी फिट३ लाई एल्युमिनियम बडी, एमोल्ड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ, जुन अघिल्लो मोडलको तुलनामा ४५ प्रतिशत फराकिलो छ । जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत इन्साइट्स जाँच गर्न सजिलो बनाउँछ । स्लिक देखिने ग्यालेक्सी फिट३ को तौल हलुका र लगाउन एकदमै आरामदायक भएकोले यसलाई सजिलैसँग चौबीसै घण्टा दैनिकरुपमा प्रयोग गर्न सकिन्छ ।

प्रयोगकर्ताहरूले ग्यालेक्सी फिट३ लाई आफ्नो जीवनशैलीमा सजिलैसँग समावेश गर्न सक्छन्, यसको लामो समयसम्म टिक्ने ब्याट्री १३ दिनसम्म आरामले चल्छ ।

प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउन्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिस बनाउन सक्छन् ।

प्रयोगकर्ताहरूले सजिलैसँग एक–क्लिक बटनको साथ आफ्नो फेसन र दैनिक दिनचर्याहरू सुहाउँदो ब्यान्डहरू मिलाएर लगाउन सक्छन् ।

स्वास्थ्य मेट्रिक्समा सजिलै ट्रयाक 

कम्पनीका अनुसार प्रयोगकर्ताले आफ्नो ग्यालेक्सी फिट३ रातभर आरामसँग लगाउन सक्छन् । जब कि यसले उनीहरूको निद्राको ढाँचाहरू ट्रयाक गर्दछ । घुर्ने पत्ता लगाउने र रगतमा अक्सिजनको स्तरलाई थप विस्तृत मापनहरू प्रदान गर्नका लागि निगरानी गर्दछ ।

व्यक्तिगत निद्राको ढाँचाको आधारमा ग्यालेक्सी फिट३ ले प्रयोगकर्तालाई व्यक्तिगत निद्रा कोचिङ प्रदान गर्दछ । जसले निद्रालाई अझ सहज रूपमा बुझ्न मद्दत गर्दछ र उनीहरूमा सकारात्मक परिवर्तनहरू ल्याउन नेतृत्व गर्दछ ।

दिनको समयमा, ग्यालेक्सी फिट३ ले प्रयोगकर्ताहरूलाई उनीहरूको दैनिक गतिविधिहरूमा ट्रयाक राख्न मद्दत गर्दछ ।

प्रयोगकर्ताले कुनै पनि समयमा, कुनै पनि १०० प्रकारका व्यायामहरू ट्रयाक गरी व्यायाम रेकर्डहरू सजिलैसँग समीक्षा गर्न सक्छन्, जसले उनीहरूलाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न उत्प्रेरित रहन प्रोत्साहित गर्दछ ।

ग्यालेक्सी फिट३ मा ५एटीएम रेटिङ र आईपी६८–रेट गरिएको पानी र धुलो प्रतिरोध सुविधा छ, जसले गर्दा प्रयोगकर्ताहरूले विभिन्न वातावरणमा बाहिरी गतिविधिहरूको आनन्द लिन सक्छन् । मुटुको दर र तनावको स्तरहरू समावेश गर्ने स्वास्थ्य मेट्रिकहरू प्रदान गरेर ग्यालेक्सी फिट३ ले प्रयोगकर्ताहरूलाई उनीहरूको समग्र स्वास्थ्यको अझ गहिरो बुझाइ दिन्छ ।

ग्यालेक्सी इकोसिस्टममा सुरक्षित

प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्न, ग्यालेक्सी फिट३ मा फल डिटेक्शन र इमर्जेन्सी एस ओ एस लगायतका नयाँ सुरक्षा सुविधाहरू थपिएका छन् ।

असामान्य गिरावट पत्ता लाग्ने बित्तिकै ग्यालेक्सी फिट३ ले प्रयोगकर्तालाई आपतकालीन सेवाहरूका लागि समयमै चिकित्सा सहायता प्राप्त गर्न कल गर्ने विकल्प प्रदान गर्छ ।

प्रयोगकर्ताहरू आपतकालीन अवस्थामा हुँदा तिनीहरूले साइड बटन पाँच पटक थिचेर तुरुन्तै एस ओ एस पठाउन सक्छन् ।

ग्यालेक्सी फिट३ प्रयोगकर्ताले एक अद्भूत वेरेबल अनुभवका लागि सामसङ ग्यालेक्सी इकोसिस्टम भित्र रहेका विविध क्षमताहरूको उपयोग गर्न सक्छन् ।

प्रयोगकर्ताहरूले ग्यालेक्सी फिट३ लाई आफ्नो हातको नाडीमा नियन्त्रकको रूपमा सजिलै प्रयोग गर्न सक्छन् । आफ्नो स्मार्टफोन क्यामेराका लागि रिमोट कन्ट्रोलको रूपमा मात्र नभई क्यामेरा रिमोटक साथ फोटो खिच्ने र टाइमरहरू सेट गर्दा र योसँग जडान गरिएको अन्य उपकरणमा मिडिया प्ले गर्न र नियन्त्रण गर्न पनि प्रयोग गर्न सक्छन् ।

निर्वाध अनुभवका लागि प्रयोगकर्ताहरू केही समय आरामले बस्न वा सुत्नका लागि तयारी गर्दा स्वचालित रूपमा आफ्नो ग्यालेक्सी फिट३ र पेयर गरिएको स्मार्टफोन बीच मोडहरू सिङ्क गर्न सक्छन् ।

यदि स्मार्टफोन हराएको छ भने प्रयोगकर्ताहरूले यसलाई ग्यालेक्सी फिट३ मा फाइन्ड माइफोन सुविधाको साथ सजिलै पत्ता लगाउन सक्छन् । यसैगरी ग्यालेक्सी फिट३ हराएमा पनि त्यसरी नै पत्ता लगाउन सकिन्छ ।

कति पर्छ मूल्य ?

कम्पनीका अनुसार २८ फागुनदेखि नेपालभरि ग्यालेक्सी फिट३ उपलब्ध छ । यो ग्रे, सिल्भर, पिङ्क गोल्ड रंगमा उपलब्ध ग्यालेक्सी फिट३ को मूल्य ७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?