१ चैत, काठमाडौं । देशका पहाडी भू-भागमा आज पनि मौसम आंशिक बदली भएको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4