+
+

पाथीभरा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

रासस रासस
२०८० चैत १ गते १५:३४

१ चैत, ताप्लेजुङ । पाथीभरामा निर्माण हुन लागेको केबलकार आयोजना सहज रूपमा अघि बढाउने वातावरण बनाउन निजी क्षेत्रका प्रतिनिधिहरूले माग गरेका छन् ।

बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघ ताप्लेजुङले संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहजीकरणका लागि आग्रह गरेका हुन् ।

‘पाथीभरा सबैको साझा आस्थाको धरोहर हो । यो सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रूपमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘केही वर्षदेखि पाथीभराको पर्यटनले समग्र जिल्लाको अर्थतन्त्र चलायमान भएको हामीले प्रत्यक्ष अनुभव गरेका छौँ । केबलकार बन्दा पाथीभराको धार्मिक पर्यटन थप चलायमान हुने हाम्रो बुझाइ छ ।’

निजी क्षेत्रका तीन संस्थाले पाथीभरामा पर्यटकको संख्यामा वृद्धि हुने गरी पूर्वाधार निर्माण गर्नु जरुरी भएको बताएका छन् । केबलकारबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, जिल्लाको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने र अन्य पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन  हुने अपेक्षा गरिएको उनीहरूको भनाइ छ । केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर र इलाम जिल्लाको पनि आर्थिक विकासमा टेवा पुग्ने विज्ञप्तिमा जनाइएको छ ।

यस्ता गौरवका योजनामा सबै पक्ष जिम्मेवार भएर सहजीकरण गर्नुपर्ने र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रले धारणा राखेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?