
१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरीले ठमेलमा चिनियाँहरूले राखेको बेलुन हटाएको छ । महानगर प्रहरीले ठमेल क्षेत्रको करिब ३ सय थान चिनियाँ रातो बेलुन हटाएको हो ।
‘ठमेलमा चिनियाँले नयाँ वर्षको उपलक्ष्यमा तीन दिनका लागि भनेर बेलनु राखेका थिए, तर अहिलेसम्म पनि नहटाएकाले नगर प्रहरीले हटाएको हो,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग भने ।
पाण्डेका अनुसार अनुमति माग्दा आफैं हटाउँछु भने पनि ठमेलमा फेबु्रअरी १० मा राखेको बेलुन अहिलेसम्म हटाएका थिएनन् ।
‘नगर प्रहरीले आफैंले हटाउनुपरेको हो,’ उनले भने, ‘बेलुनभित्र राखेको बत्ती र डोरी पनि हटाएका छौं ।’
काठमाडौं ठमेल क्षेत्रमा चिनियाँको लगानीमा थुप्रै रेस्टुरेन्ट तथा होटल सञ्चालनमा छन् । चिनियाँ नयाँ वर्षमा ठमेल, वसन्तपुरमा यहाँ रहेका चिनियाँले भव्य कार्यक्रम गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4