+
+

वृद्धवृद्धाको जीवन भोगाइबारे ‘पोएट आइडल’मा कविता प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १९:०२

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’का प्रतिस्पर्धीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको जीवन कथाको विषयवस्तुमा कविता प्रस्तुति दिने भएका छन् ।

शोका पाँच प्रतिस्पर्धीले रानीवनस्थित मानवसेवा आश्रम पुगेर वृद्धवृद्धाको भोगाइलाई कवितामा रुपान्तरण गर्ने प्रयत्न गरेका हुन् । उनीहरुले त्यहाँ आश्रित १२ जना वृद्धवृद्धासँग व्यक्तिगत रुपमा भेटेर जीवन संघर्ष बुझ्ने प्रयास गरे ।

ती वृद्धवृद्धामध्ये कोहीले आफू बाटोमा बेहाल परिस्थितिमा भेटिएको, कोही आफन्त तथा परिवारको हेपाइ खाएर आश्रमसम्म आइपुगेको र कोहीले जीवनको उत्तरार्धमा घर त्यागेको बताएका थिए । शो निर्देशक अमनप्रताप अधिकारीका अनुसार यो वास्तविक र दर्दनाक कथाबारेको कविता सोमबार र मंगलबार प्रस्तुत गरिनेछ ।

ती कविलाई वृद्धवद्धाको जीवनकथा, भोगाइ र अनुभवलाई साझा गर्न, कविता लेखनमा मद्दत पुगोस् भन्ने हेतुले भलाकुसारी गर्न दिइएको निर्देशक अधिकारीले बताए ।

यो विषयवस्तुमा आधारित रहेर ऋषिबहादुर राईले ‘डाँडामाथिको घाम’, डा. मुस्कान पोखरेलले ‘घिन्ताङ’, अनिल विद्रोही ‘गोर्खे चार्ली’ले युगदेखि युगसम्म, मोहित जोशीले ‘चिसो अँगालो’, सिमयोन सुकिता राईले ‘म लक्ष्मी र यो मेरो कथा’ शीर्षकमा कविता प्रस्तुति दिनेछन् ।

यो प्रस्तुतिलाई समूह ‘ए’को पर्फमेन्स राउण्ड भनिएको छ । समूह ‘बी’का ६ कविले यसअघि ‘मातृत्व’ विषयमा प्रस्तुति दिइसकेका छन् । समूह ‘ए’को प्रस्तुति सकिएपछि एपिसोड १४ मा समूह ‘बी’का ६ कविको एलिमिनेसन’ राउण्ड हुनेछ ।

समूह ‘बी’मा इलामका विजय लुइँटेल, सिक्किमकी सविना राई, मोरङका बुङ छेइ राई सेचन, बाँकेका विशाल नाल्बो र इलामकी विपना अधिकारी छन् ।

जारी पोएट आइडलको जजमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, केकी अधिकारी र अनुप बराल छन् । ‘द पोएट आइडल’ प्रत्येक सोमबार र मंगलबार हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?