+
+

कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुर्सी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १९:०४

१ चैत, काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ ।

कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले अनलाइनखबरसँग बताए ।

‘बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कुर्सीले हाने, म अहिले प्राथमिक उपचार गराएर डडेल्धुरा अस्पताल जाँदैछु’, जोशीले अनलाइनखबरसँग भने । कुर्सी प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ ।

वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामीका अनुसार बैठकमा मेयर भरत बडायर जोशीले एजेण्डा राखेपछि उपमेयर विमलाकुमारी जोशीले त्यसमाथि धारणा राख्दै थिइन् । त्यही क्रममा केही कार्यपालिका सदस्यले उपमेयरमाथि अमर्यादित टिप्पणी गरेपछि विवाद सुरु भएको वडाध्यक्ष धामीले बताए ।

वादविवादपछि दोहोरो हानाहान भएको भन्दै उनले आफूले भने कुर्सी नहानेको दाबी गरे । ‘मेयर र कर्मचारी प्रमुख नै मिलेर घटनालाई उत्तेजित बनाउने कार्य भयो, त्यही बेला म लगायत केही साथीहरुले सहजीकरण गर्न खोजेको हौं । कुर्सी हानेको भन्ने कुरा गलत हो ।’

प्रमुख प्रशासकीय अधिकृत भागदौडका क्रममा फर्निचरमा ठोक्किएको हुन सक्ने उनको जिकिर छ । ‘घटनाको अब राजनीतिक रुपमा हल खोजिनेछ, टाउको फुटाएको होइन, उहाँ चिप्लेको अथवा कतै ठोक्किएको हुन सक्छ । यसको जिम्मा मेयरले लिनुपर्छ’, धामीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?